नेपाल जितका लागि मैदानमा अन्तिमसम्म लड्छ : कप्तान किरण

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसीपमा जितका लागि खेल्ने बताएका छन् । माल्दिभ्सको राजधानी मालेमा बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा कप्तान किरणले नेपाल कुनैपनि टिमसँग नडराउने र जितका लागि मैदानमा लड्ने बताएका हुन् ।

कप्तान किरणले भने‚ ‘पक्कै पनि मालदिभ्सलाई घरेलु मैदान र घरेलु समर्थकको फाइदा हुनेछ । तर, यसले फरक पार्दैन । हामी गोर्खाली हौँ । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसँग डराउने छैनौँ, होम र अवेले फरक पार्दैन । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्दै मैदानमा नतिजाका लागि लड्नेछौँ ।’

नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेकाले पनि नतिजाका लागि अन्तिमसम्म डट्ने बताए । ‘नेपाल फाइनल पुग्न चाहन्छ‚’ त्यसैले पनि हामीले हरेक खेल जित्नुपर्छ भन्ने हामीले बुझेका छौँ‚’ किरणले भने ।

नेपालले भोलि शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समयअनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *