स्वास्थ्य मापदण्डसहित सञ्चालन गरिने क्रियाकलापमा बन्देज छैन : गृह मन्त्रालय

काठमाडौँ । बिहीबार काठमाडौँ र भक्तपुर जिल्लाले जारी गरेको आदेशप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दुई वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त, चासो र चिन्ता प्रकट भएकाले गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले बताएको हो ।

यस्तै मन्त्रालयले स्वास्थ्य मापदण्डसहित सञ्चालन गरिने क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नभएको पनि उल्लेख गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ, ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’

काठमाडौँमा भिडभाड, सभा जुलुस, जात्रा महोत्सव, भोज लगायत भिडभाड हुने क्रियाकलाप गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको थियो ।  बिहीबार सूचना निकालेर  बिहीबारबाटै लागू हुने गरी यस्तो आदेश जारी भएको हो । सोही आदेशको काउन्टर स्वरूप सरकारले यस्तो विज्ञप्ति निकालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *