ओलीलाई मोटरसाइकल र गाडीले स्कर्टिङ गरेर गोदावरी पुर्‍याइँदै

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सातदोबाटोदेखि विधान महाधिवेशन स्थल गोदावरीस्थित सनराइज सभा हलसम्म मोटरसाइकल र गाडीले स्कर्टिङ गरेर पुर्‍याइने भएको छ ।

अध्यक्ष ओली गोदावरी जाँदा सातदोबाटोबाट कार्यकर्ताहरूले उनलाई मोटरसाइकल र गाडीले स्कर्टिङ गरिने  नेता महेश बस्नेतले बताए । ओलीले आजै दिउँसो विधान महाधिवेशनको उद्घाटन गर्नेछन् ।

नेकपा एमालेले पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो ।

यसअघि पनि प्रधानमन्त्रीबाट हटेपछि ओलीलाई बालकोटसम्म स्कर्टिङ गरेर पुर्‍याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *