एमालेमा उपमहासचिव पद खारेज

काठमाडौँ । शुक्रबार (आज) बाट शुरू भएकोृ एमालेको प्रथम विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । यसअघि एमालेका ४ जना उपाध्यक्ष रहने व्यवस्था थियो ।

यस्तै प्रस्तावमा उपमहासचिव पद खारेज गरिएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो । पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव नै गरिएको छैन ।

पौडेलको प्रस्तावमा ६ जना सचिव रहनेगरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । प्रस्तावमा केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ ।

प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *