अवहेलना मुद्दामा चारजना पूर्वप्रधान न्यायाधीशलाई सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले  अवहेलनासम्बन्धी मुद्दामा चारजना पूर्वप्रधान न्यायाधीशहरूलाई सफाइ दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै सार्वजनिक रुपमा संयुक्त वक्तव्य  निकालेर पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले ‘अदालतमा विचाराधीन मुद्दामा बोलेको’  दाबीसहित अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सपना प्रधान मल्लको इजलासले चारैजनालाई सफाइ दिइको हो । पूर्व प्रधान न्यायाधीशहरूले संसद विघटन गलत भएको भन्दै सर्वोच्चले सदर गर्न नहुने विज्ञप्ति निकालेका थिए ।

यसबारेमा सर्वोच्चले चारैजनासँग जवाफ मागेको थियो । त्यसको जवाफ दिँदै उनीहरूले विघटनविरुद्ध धारणा सार्वजनिक गर्दा अवहेलना मुद्दा लगाउनु अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयास भएको जिकीर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *