एमालेमा पोलिटब्यूरो र उपमहासचिव खारेज हुन्छ ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) मा पोलिटब्यूरो र उपमहाचिव खारेजको प्रस्ताव गरिएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार (आज) देखि शुरू भएको पहिलो विधान महाधिवेशनमा पेस गरेको विधान संशोधन प्रस्तावमा यसबारे लेखिएको छ ।

यससँगै प्रस्तावित यो प्रस्ताव जस्ताको तस्तै पारित भएको खण्डमा अबदेखि पोलिटब्यूरो र उपमहासचिव पद रहने छैन भने ५ जना उपाध्यक्ष रहनेछन् । १ जना महासचिव र ६ जना सचिवसमेत गरी एमालेको नेतृत्व बन्नेछ ।

यो प्रस्तावलाई एमाले केन्द्रीय समितिले छलफलपश्चात् मानिसकेको अवस्था छ । यसो हुँदा यो प्रस्ताव पारित हुने नेताहरूले बताएका छन् । यद्यपि विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधिहरू छन् । उनीहरूले मान्लान् वा नमान्लान्, हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *