साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरूवात

काठमाडौँ । १३ औं साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरूवात गरेको छ ।

शुक्रबार माल्दिभ्समा भएको  प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकालाई १-० ले हराउँदै बंगलादेशले विजयी सुरूवात गरेको हो । मालेमा रहेको राष्ट्रिय फुटबल रंगशालामा बंगलादेशको जितमा तोपु बर्मनले खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो ।

डुकसन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका खेलको ५५ औं मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ ।

साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *