समूहगत छलफलपछिः

एमाले विधान महाधिवेशन : एक पदको नीति लागू गर्न नेतृत्वलाई सुझाव

उपमहासचिव नहटाऔँ

काठमाडौँ । नेकपा (एमाले) मा एक पदको नीति लागू गर्न नेताहरूले सुझाव दिएका छन् । शुक्रबार (हिजो) देखि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको पहिलो विधान महाधिवेशनमा प्रेषित ३ वटा दस्ताबेजहरूमाथि भएको समूहगत छलफल तथा अध्ययनपछि नेताहरूले यस्तो सुझाव दिएका हुन् ।

लुम्बिनी प्रदेशका तर्फबाट सुझावहरु प्रस्तुत गर्दै अध्यक्ष लिला गिरीले यसबारे सुझाव दिएका हुन् । ‘जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अझ समृद्ध बनाउनुपर्ने, कार्यकर्तालाई उत्पादन प्रणालीमा जोड्दै आर्थिक उपार्जनमा लगाउनुपर्ने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनुपर्ने, राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने, दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने, जनप्रतिनिधिहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका सुझावहरु राख्नुभयो,’ प्रचार विभाग योगेशकुमार भट्टराईले भनेका छन् ।

यस्तै अध्यक्ष गिरीले पार्टीको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ उपमहासचिव र ७ सचिव राख्न सुझाव दिएका छन् ।

यसैगरी बागमती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेलले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ उपमहासचिव र ७ सचिवको व्यवस्थाका हुनुपर्ने सुझाव दिएका छन् । ‘कमिटीहरुलाई बढीभन्दा बढी समावेशी बनाउन सुझावसमेत दिनुभएको छ उहाँले,’ भट्टराईले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *