काँग्रेस १४औँ महाधिवेशन

देउवालाई गृहनगरमै धक्का: बुढानीलकण्ठमा गगन निकट बुढाथोकी निर्वाचित

काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको काँग्रेस सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानबाट बुढाथोकी बहुमतले विजयी भएका हुन् ।

उनले १५५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाए । सभापतिमा निर्वाचित बुढाथोकी काँग्रेस नेता गगन थापा निकट नेता हुन् ।बुढानीलकण्ठ सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर हो ।

काठमाडौँका सबै स्थानीय तह र जिल्लामा आफ्नो पकड बनाउन लागेका कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका देउवालाई आफ्नै गृहनगरमा धक्का लागेको छ ।

सभापतिसहित पदाधिकारीमा थापानिकट बुढाथोकीको प्यानल नै निर्वाचित भएको छ । उपसभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी र सहसचिवमा कुमार खड्का र निर्मला आचार्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *