सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प
मकालु खबर
२०७८ असोज १७ गते
काठमाडौँ। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिवार ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।
मकालु खबर
२०७८ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित