कांग्रेस महाधिवेशन

काठमाडौं महानगरको सभापतिका लागि मतदान सुरु

काठमाडाैँ ।  कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको सभापतिका लागि मतदान सुरु भएको छ । जिल्ला सभापति कृष्ण ‘सबजु’ बानियाँका अनुसार मतदान सुरु भएकाे हाे ।

निर्वाचन समितिले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानबाट कार्यसमितिका सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ पदका लागि चुनिने छन् । सभापतिमा संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र इतर समूहबाट नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा-कृष्णप्रसाद सिटौला र नेता प्रकाशमान सिंह-गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको हो । देउवा पक्षसँग मिलेर सिटौला निकट केन्द्रीय सदस्य भिमसेन दास प्रधानले गठबन्धन बनाएका छन् ।

देउवा पक्षका उम्मेदवार रञ्जितको टिमबाट उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्दुकार, सचिवमा सम्झना भट्टराई र रमेश उप्रेती, सहसचिवमा इन्द्ररत्न बज्रचार्य र मुना सिटौला प्रतिस्पर्धामा छन् । त्यस्तै, सिंह पक्षका शाक्यको समूहबाट उपसभापतिमा सन्तकुमार महर्जन र सुशील ढकाल, सचिवमा सुसन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *