कांग्रेस नगर सभापतिः गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी-मनहरामा दाहाल

काठमाडौँ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट लामा १०९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाए । यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भए । सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन् ।

कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।

शङ्खरापुरमा श्रेष्ठ
शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाए । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका हुन् ।

सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भए । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् । नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

कागेश्वरी-मनहरामा दाहाल
काङ्ग्रेस कागेश्वरी-मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । बिहान सम्पन्न मतगणनाअनुसार दाहाल १५१ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *