लेखी एमाले प्रवेश

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता राजकुमार लेखीले एमाले प्रवेश गरेका छन् । लेखीले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका ग्रहण गरेर पार्टी प्रवेश गरेका हुन् ।

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्रीसमेत रहेका लेखीसहित अन्य दर्जनौंले पार्टी प्रवेश गरेको नेतृ निरू जैरुले बताइन् ।

साबिक जनता सामाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका लेखीले विचार र भावना मिल्ने पार्टी रोज्ने बताउँदै आएका थिए । ‘योबीचमा मूलधारका राजनीतिक दलका साथीहरूसँग कुराकानी भयो,’ लेखीले मकालुखबरसँग भने, ‘यसपछि एमाले प्रवेशको निर्णय लिएर प्रवेश गरेको हुँ ।’

पार्टी प्रवेशका लागि लेखी एमालेको विधान महाधिवेशन सञ्चालन भइरहेको ललितपुरको गोदावरी सम्मेलन केन्द्र पुगेका थिए । त्यहीँ उनले ओलीको हातबाट टीका ग्रहण गरेर पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *