साहस ऊर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् नतिजा
काठमाडौं। साहस ऊर्जा लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)को आइतबार बाँडफाँट गरिएको छ । कम्पनीको सेयर आवेदक मध्येबाट ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाएका छन् ।
कम्पनीको आईपीओमा २३ लाख ९५ हजार ४ सय ५६ जनाले आवेदन गरेका थिए । ती मध्ये ११ हजार ९ सय ९६ ओटा आवेदन रद्ध भएको थियो । सदर भएका २३ लाख ८३ हजार ४ सय ६० आवेदक मध्येबाट गोलाप्रथा विधिबाट ६ लाख ५६ हजारले सेयर पाएका हुन् । ६ देखि १० असोजसम्म कम्पनीले सेयर निष्काशन गरेको थियो ।
कम्म्पनीले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता सेयर निश्कासन गरेको थियो । यी मध्ये सामूहिक लगानी कोषलाई साढे ३ लाख र कर्मचारीका लागि २ लाख १० हजार किक्ता निश्कासन गरेको थियो ।
२ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनी साहस ऊर्जा कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि चुक्ता पुँजी साढे ३ अर्ब पुगेको जनाएको छ ।
कम्पनीले ८६ मेगावाको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले अघि बढाएको आयोजनाको विद्युत् उत्पादन लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रुपैयाँ अर्थात् सस्तो रहेकोले यो कम्पनीले लगानीकर्तालाई बढी लाभ दिने अनुमान गरिएको छ ।
सेयर बाँडफाँट गरिसकिएकाे भए पनि नतिजा सर्भरमा राख्न केही समय लाग्ने भएकाेले नतिजा सर्भरमा अपलाेड भइसकेपछि www.iporesult.cdsc.com.np मा लगइन गरेर नतिजा हेर्न सकिने कम्पनीले जनाएकाे छ ।