एमाले विधान महाधिवेशन

वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो, १५ सदस्यीय बन्यो पदाधिकारी टोली

काठमाडौँ । नेकपा (एमाले) मा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेपछि यसलाई थपिएको हो ।

समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव राखिने बताएका हुन् । ‘यससँगै अब एमालेमा पदाधिकारी संख्या १५ हुन्छ,’ पौडेलले भनेका छन् । पौडेलको प्रस्तावित दस्ताबजेमा भने १३ सदस्यीय पदाधिकारी हुने भनिएको थियो ।

कस्तो बन्छ पदाधिकारी संरचना

१, अध्यक्ष १ जना ।
२, उपाध्यक्षहरू ५ जना (१ जना वरिष्ठ उपाध्यक्षसहित) ।
३, महासचिव १ जना ।
४, उपमहासचिव १ जना ।
५, सचिवहरू ७ जना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *