बालबालिकालाई दशैँलगत्तै कोरोनाविरुद्धको खोप : सरकार
मकालु खबर
२०७८ असोज १७ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षमुनिका नागरिकलाई दशैँलगत्तै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।
कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका नागरिकका लागि ४० लाख मोडेर्ना र ६० लाख फाइजर गरी १ करोड डोज कोरोनाविरुद्धको खोप आउने निश्चित भइसकेकाले त्यहि खोप लगाइने बताएका हुन् ।
फागुनसम्ममा क्रमशः खोप आउने र त्यो खोप बालबालिकालाई उपलब्ध गराइने उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने र त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोडेर्ना खोप आउने उनको भनाइ छ ।
सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको दाबी पनि राज्यमन्त्री श्रेष्ठले गरे ।
मकालु खबर
२०७८ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित