भारतमा राज्यमन्त्रीका छोराले किसानमाथि गाडी चलाउँदा ८ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको लखिमपुरमा आइतबार किसान र केन्द्रीय गृहराज्यमन्त्रीका छोराबीच भएको हिंसात्मक झडपमा आठ जनाको मृत्यु भएको थियो। विवादका क्रममा राज्यमन्त्रीका छोराले किसानमाथि गाडी कुदाएका थिए ।

किसानहरूले उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका थिए। घटनामा ८ जनाको मृत्यु भएको लखिपुर खिरीका एएसपी अरुणकुमार सिंहले पुष्टि गरेका छन्। यद्यपि, गृहराज्यमन्त्री अजय मिश्रले भने घटनामा आफ्नो छोराको संलग्नता अस्वीकार गरेका छन्।

उक्त घटनाको देशभर चर्को विरोध सुरु भएको छ ।  भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी समेत घटनास्थलमा पुगेकी छन् । भने अन्य नेताहरुले चर्को विरोध गरेका छन् ।  किसानहरूले आज देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *