संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रतिबद्ध छु : सभामुख सापकोटा
मकालु खबर
२०७८ असोज १८ गते
काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दै संसदलाई जीवन्त र जनमुखी बनाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले आफ्नो सभामुखको पदलाई अन्याय हुन नदिने गरी कार्यसम्पादन गर्ने धारणासमेत राखे ।
सभामुख सापकोटाले गुणस्तरीय कानून बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई अघि बढाउने जिकीर गरे । उनले मुलुकलाई अघि बढाउन एकतावद्ध हुनुपर्नेमा जोड दिए ।
२०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
मकालु खबर
२०७८ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित