बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको विषयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी रहेको रिटमा सोमबार निवेदक र सरकारी पक्षले बहस गरेसँगै निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो ।

इजलासले बहस नोट मगाउने आदेशसमेत दिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *