नेतृत्वलाई कांग्रेसका तीन भाइको खबरदारी- महाधिवेशन प्रभावित हुनु हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई खबरदारी गर्ने निष्कर्ष निकालेका छन् । सोमबार (आज) तीन नेताबीच निधिनिवास मध्यबानेश्वरमा भएको छलफलमा यस्तो निष्कर्ष निस्किएको हो ।

विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुङ्गोमा पुर्‍याउनुपर्ने निष्कर्ष तीन नेताको छ । सिंहको प्रेस सहयोगी यूपी लामिछानेकाअनुसार उनीहरूले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने पनि बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताले १४औं महाधिवेशनमा आफूहरुमध्ये एक जना मात्र उम्मेदवार हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *