नेपालको शानदार प्रदर्शन कायमै, श्रीलंका ३-२ ले पराजित
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । माल्दिभ्सको राजधानी मालेमा भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई तीन एकले हराएको हो ।
नेपालको जीतमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले गोल गरे । आयुषको राष्ट्रिय टिमबाट पहिलो गोल हो ।
श्रीलंकाका लागि पहिलो गोल मार्लिन ह्यामिल्टनले गरे । खेलको इन्जुरी समयमा श्रीलंकाले पेनाल्टी पायो । जसमा श्रीलंकाका डि सिल्भाले गोल गरे ।
दुबै टिमले पाएका केही मौकामा गोल गर्न भने सकेनन् । श्रीलंकाले खेलको अन्तिम मिनेटसम्म गोल गर्ने भरमग्दुर प्रयास गरेको थियो । जसलाई नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले असफल बनाए ।
जित सँगै नेपालले प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई एक शुन्यले हराएको थियो ।
नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्नेछ । यो खेलमा बराबरी मात्र खेले पनि नेपाल फाइनल पुग्नेछ ।
श्रीलंकाले भने लगातार दोस्रो पराजय ब्यहोरेको छ ।
प्रतियोगिताको शिर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।