धामी झाँक्रीलाई तालिम

खोटाङ । खोटाङमा धामी झाँक्रीलाई तालिम दिइएको छ। झारफुक गर्न धामी झाँक्रीसँग आउने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण बनाउन भन्दै नेपाल नेत्र ज्योति सङ्घ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले तालिम दिएको हो ।

जिल्लाको दुई स्थानमा तालिमको आयोजना सञ्चालन गरिएको थियो । जसमा दिक्तेलमा आयोजना गरिएको तालिममा २८ र हलेसीमा आयोजना गरिएको तालिममा ३५ जना धामी झाँक्रीको सहभागिता रहेको आयोजकले जनाएको छ।

गाउँ घरमा अझै पनि धामी झाँक्रीकै विश्वास गर्ने र बिरामी पहिले धामी झाँक्रीसगै जाने भएकाले आँखाका विरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टर कहाँ गएर उपचार गराउन आग्रह गर्न तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *