न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मकालु खबर
२०७८ असोज १९ गते
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) कामा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ ।
बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशनपछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।
मकालु खबर
२०७८ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित