यी ४ मन्त्रालय लिँदै माओवादी, मन्त्रीकाे दौडमा यी नेता

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो भागमा पर्ने मन्त्रालयको टुङ्गो लगाएको छ । दुई मन्त्रालय (अर्थ र ऊर्जा) यसअघि नै लिइसकेको माओवादीले आफूले पाउने थप मन्त्रालय टुङ्ग्याएको हो । माओवादीले अब थप तीन मन्त्रालयसँगै एक राज्यमन्त्री पाउनेछ ।

सोमबार (हिजो) बेलुका प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफबाट मन्त्रालयहरूको टुङ्गो लागेको माओवादी एक नेताले बताए । ‘हामीले पाउने मन्त्रालयको टुङ्गो लागिसक्यो लगभग,’ ती नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा हामीले पाउँछौँ र संघीय मामिला र भूमिसुधार मन्त्रालय हाम्रो भागमा परेको छ ।’ ती नेताकाअनुसार युवा तथा खेलकुल पनि माओवादीले पाउनेछ । यी मन्त्रालयमध्येमा कुनैमा राज्यमन्त्री माओवादीले लिँदैछ ।

मन्त्रालयहरूको भागबन्डापछि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतले आ–आफ्नो दलभित्रबाट कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारेमा छलफल गरिरहेका छन् ।

माओवादीबाट मन्त्री बन्दै यी नेताहरू

पार्टी अध्यक्ष प्रचण्डले समुदाय, लिङ्ग, क्षेत्रलगायत मिलाएर मन्त्री बनाउन लागेका छन् । यही भएर पनि ढिलो भएको नेता मातृका यादव बताउँछन् । उनकाअनुसार अध्यक्ष प्रचण्डले यसपालि समावेशी तौरले मन्त्री बनाउँदैछन् ।

माओवादीबाट मन्त्री बन्नेहरूमा देवेन्द्र पौडेल, अञ्जना विशंखे र महेश्वर गहतराज पक्कापक्कीजस्तै छन् । समावेशीका आधारमा मन्त्री छान्दा यस्तो सूची बनेको श्रोतले बताएको छ । यस्तै बाँकी एक मन्त्रालयका लागि सुरेशकुमार राई, सुदन किराँती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्येबाट चयन गरिनेछ ।

हिजोको भेटमा अध्यक्ष प्रचण्डले तीन मन्त्री र एक राज्यमन्त्रीको सूची प्रधानमन्त्री देउवालाई बुझाइसकेको श्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *