संसद्

एमालेको नाराबाजीबीच प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबार (आज) बसेको बैठक ८ मिनेटमै सकिएको छ । बैठक शुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नाराबाजी गरेको थियो । एमालेको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही शुरू गरे ।

त्यसबीचमा सभामुख सापकोटाले पटक–पटक सभाको बैठक चल्न दिनका लागि आग्रह गरेपनि एमाले सांसदहरूले नाराबाजी गर्न छाडेनन् । त्यसबीचमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ मा भएको व्यवस्थाअनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसद्मा छलफल हुन नसक्ने स्मरण गराए । यस्तै उनले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ख, ग र घमा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे ।

यसपछि एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ को प्रस्तुत गर्न समय दिए ।

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *