नेप्से ४१ अकंले बढ्दा पनि कारोबार रकम भने ३ अर्बमै सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मङ्गलबार सेयर बजार (नेप्से) परिसूचक ४१.४८ अकंले बढेको छ । मङ्गलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.६३ प्रतिशतले बढेर २६१२.६५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ७.०४ अङ्कले बढेर ४९२.०२ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्य १ वटा समूहका उपसूचक बढेका भने बाँकी सबै सूचकहरु घटेका छन् ।

यस दिन कारोबारमा आएका २२३ कम्पनीका ५ करोड ८ लाख ४२ हजार १ सय ३५ कित्ता सेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको , हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्त वित्तिय सस्थाको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *