संघीय सांसदले पाएनन् दशैँ भत्ता

काठमाडौँ । यस वर्ष संघीय संसद्का सांसदहरूले दशैँ भत्ता नपाउने भएका छन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरूको खातामा असोज महिनाको तलब/भत्ता जम्मा भएकोमा दशैँ भत्ता भने गएको छैन ।

गतवर्ष दशैँ भत्ता दिँदा विवाद भएको तथा यस वर्ष मन्त्रिपरिषद्ले सांसदलाई दशैँ भत्ता दिने/नदिनेबारे कुनै निर्णय नगरेकाले दशैँ भत्ता जम्मा नगरिएको सचिवालयले जनाएको छ ।

सांसद्हरूलाई दशैँ भत्ता दिने पैसा पनि संसद सचिवालयसँग नभएकाले सोहीअनुसार निर्णय लिइएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।

संसद सचिवालयका अनुसार असोज महिनाको तलबवापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । यस्तै सांसदका स्वकीय सचिवलाई १ करोड ४३ लाख ७४ हजार रुपैयाँ तलबवापत जम्मा भएको छ ।

संघीय सांसदहरूले बैठक भत्ता र यातायात खर्चबाहेक मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *