आईपीएल : कुन बन्ला प्लेअफ पुग्ने चौथो टीम ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल रोमाञ्चक अवस्थामा पुगेको छ । प्लेअफका लागि तीन टीमको टुङ्गो लाग्दा अर्को एक टीमको तय हुन बाँकी छ । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स तथा रोयल च्यालेन्जर्स बैंगलोरले अन्तिम चारमा स्थान बनाउँदा प्लेअफका लागि चौंथो टीम कुन बन्ला ?

कोलकाताको सर्वाधिक सम्भावना
तीन टीमबाहेक कोलकाता अन्तिम चारमा पुग्ने टीममा मुख्य दाबेदार छ । हैदराबादसँगको जितपछि टीमको १२ अङ्क भएको छ । टीमको रनरेट पनि निकै राम्रो छ । यदि कोलकाताले आफ्नो अन्तिम खेलमा राजस्थानविरुद्ध जित निकाले सहजै अन्तिम चारमा पुग्नेछ । यदि यो खेलमा पराजित भए कोलकाताले राजस्थानको १२ अङ्क नहोस् भनेर प्राथना गर्नुपर्नेछ । यसका लागि मुम्बईले राजस्थानलाई पराजित गर्नुपर्नेछ । मुम्बई पनि आफ्नो अन्तिम खेलमा हैदराबादसँग हार्नुपर्ने छ । यस्तो अवस्थामा कोलकाता नेट रनरेटका आधारमा छनोट हुने छ । तर यो घुमाउरो बाटोभन्दा कोलकाता सोझै प्लेअफमा पुग्न चाहन्छ । यसका लागि उसले राजस्थानलाई हराउनुपर्नेछ ।

पञ्जाबको अवस्था
पञ्जाब किंग्सले प्लेअफमा पुग्न आफ्नो अन्तिम खेलमा चेन्नईविरुद्ध जित निकाल्नुपर्ने हुन्छ । उसले यो खेल जितेमा १२ अङ्क हुनेछ । यतिले मात्र पुग्दैछ, उसले राजस्थानसँग कोलकाताको फराकिलो हारको कामना गर्नुपर्नेछ । शीर्ष तीन टीमबाहेक अन्य टीमको १४ अङ्क नहोस् भनेर पनि उसले प्रार्थना गर्नुपर्नेछ । यसका साथै मुम्बईले ७० रनभन्दा बढी रन बनाउनुपर्नेछ । यतिले मात्र पुग्ने छैन‚ कोलकाता राजस्थानसँग ७० रन भन्दा बढीको पराजित पनि हुनुपर्नेछ ।

राजस्थानको सम्भावना कति ?
‘प्ले अफ’मा पुग्न राजस्थान रोयल्सले बाँकी दुवै खेल जित्नुपर्नेछ । मुम्बई र कोलकाता दुवैले आ-आफ्नो खेलमा पराजित हुनुपर्नेछ । यदि राजस्थानले एकमात्र खेल जितेमा उसले रनरेटमा सुधार गर्नुपर्नेछ । यदि मुम्बईसँग १ रनले जित हात पारे र कोलकातालाई ७५ रनले पराजित गर्नुपर्नेछ । यस्तोमा १२ अङ्कका साथमा राजस्थान ‘प्लेअफ’मा पुग्न सक्ने सम्भावना रहन्छ ।

मुम्बईलाई मुस्कील
मुम्बईलाई पनि राजस्थानको जस्तै समीकरण आवश्यक छ । दुवै टीमको नेट रनरेट निकै कमजोर छ । ‘प्लेअफ’का लागि मुम्बईले पनि अन्तिम दुई खेलमा जित निकाल्नुपर्ने हुन्छ । यदि कोलकाताले राजस्थानलाई हराएमा उसको १४ अंक हुनेछ । यस्तो अवस्थामा मुम्बईको सम्भावना गणितीयमात्र हुनेछ । उसले दुवै खेलमा २०० बढी रन अन्तरले जित निकाल्नुपर्नेहुन्छ । जुन असम्भवप्राय: हो । अतः मुम्बईको प्लेअफ यात्रा यो पटक निकै कठीन छ । मंगलबारको खेलमा मुम्बई र राजस्थान जुन टिम पराजित हुन्छ‚ त्यो प्रतियोगिताबाट बाहिरिने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *