विमानस्थलमा चिप्लिएको जहाज ‘ग्राउन्डेड’

काठमाडौँ । काठमाडौँबाट नेपालगन्ज उडानका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ ननिकैको घाँसमा फसेको श्री एयरलाइन्सको जहाज ‘ग्राउन्डेड’ गरिएको छ।

उडानका लागि ट्याक्सी मार्गतर्फ जाने तयारी गर्दा विमानको बायाँतर्फको चक्का घाँस क्षेत्रमा फस्न पुगेको थियो। बिमानस्थलका प्रवक्ता रिन्जो शेर्पाका अनुसार मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा उक्त जहाज घाँस क्षेत्रमा फसेको थियो।

जहाजलाई करिब दिउँसो १२ भने त्यहाँबाट निकालेर ग्राउन्डेड गरिएको उनले बताए। प्राविधिक परीक्षणपछि मात्र उक्त जहाजलाई उडानको अनुमति दिइने उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *