मध्य भोटेकोशीको ९० लाख कित्ता आइपिओ खुल्यो
मकालु खबर
२०७८ असोज २० गते
काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ । अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । ९० लाख कित्तामध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ । त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ ।
बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :-
मकालु खबर
२०७८ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित