सन्दीप उत्कृष्ट खेलाडीको मनोनयनमा, यसरी दिन सकिन्छ भोट

काठमाडौँ । नेपाली बलर सन्दीप लामिछाने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को महिनाको उत्कृष्ट खेलाडी ‘प्लेयर अफ दी मन्थ’को मनोनयमा परेका छन् ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा सन्दीप परेका हुन् । मनोनयनमा सन्दीपसँगै बगंलादेशका बलर नासुम अहमद र अमेरिकाका ब्याट्स्म्यान जसकरण मल्होत्रा परेका छन् ।

सेप्टेम्बर महिनामा नेपालले खेलेका ६ एक दिवसीय खेलमा सन्दीपले १८ विकेट लिएका लिएका थिए । आईसीसी विश्वकप छनोटको लिग टूअन्तर्गत ओमान टूरमा सन्दीपले राम्रो प्रर्दशन गरेका थिए । सोही प्रर्दशनका आधारमा सन्दीप मनोनयनमा परेका हुन् ।

मनोनयनमा परेकाहरूमध्ये अनलाइन भोटिङका आधारमा विजेता बन्ने र विजेताको नाम अर्को हप्ता सार्वजनिक गरिने आईसीसीले जनाएको छ । सन्दीपलाई यहाँ गएर भोट गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *