कुनै दलमा गएको छैन‚ गएँ भने आफैँ सार्वजनिक गर्छु : लीलामणि पौडेल
काठमाडौँ । पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले कुनै दलमा जाने भए आफैँले सार्वजनिक गर्ने बताएका छन् ।
आफू माओवादीमा प्रवेश गरेको भन्ने विषयमा ट्वीटरमा स्पष्टीकरण दिँदै पौड्यालले यसबारेमा कसैले आफूसँग सहमति नलिएको र ३८ वर्षदेखि कुनै राजनैतिक दलको सदस्य नभएको भन्दै कुनै दलमा प्रवेश गर्ने भए आफैँले सार्वजनिक गर्ने बताएका हुन् ।
उनको भनाइ-
बुबाको स्वर्गारोहण भएकाले विगत ७ हप्तादेखि गुल्मीमा छु । मलाई यस विषयमा कसैले सोधेको र सहमति पनि लिएको छैन । हाइस्कूलदेखि नै वामपन्थी विचारप्रति झुकाव राखेपनि विगत ३८ वर्षदेखि कुनै राजनीतिक दलको सदस्य छैन । कुनै दलमा जाने भए आफैँले सार्वजनिक गर्नेछु । शुभचिन्तकको चासोप्रति हार्दिक आभार ।
बुवाको स्वर्गारोहण भएकोले विगत ७हप्तादेखी गुल्मीमाछु।मलाई यस विषयमा कसैले सोधेको र सहमती पनि लिएको छैन। हाइस्कूल देखी नै वामपन्थी विचारप्रति झुकाव राखेपनि विगत ३८बर्षदेखी कुनै राजनैतिक दलको सदस्य छैन। कुनै दलमा जाने भए आफैंले सार्वजनिक गर्नेछु। शुभचिन्तकको चासो प्रति हार्दिक आभार
— Leela Mani Paudyal (@paudyallm) October 6, 2021