आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने
मकालु खबर
२०७८ असोज २१ गते
काठमाडौँ । आजदेखि आजदेखि यात्रुवाहक सवारी साधनलाई रुट परमिट नचाहिने भएको छ । सरकारले यात्रुवाहक सवारीसाधनलाई देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति)नचाहिने व्यवस्था गरेको हो ।
दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन भन्दै यस्तो व्यवस्था गरिएका यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै बुधवारदेखि बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यद्यपि अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा)सम्म रोक लगाएको विभागले जनाएको छ । तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नगराएको गुनासो गरेका छन् ।
मकालु खबर
२०७८ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित