कोरोना खोप लगाएका भारतीयलाई नेपाल आउन दिइने
मकालु खबर
२०७८ असोज २१ गते
काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका भारतीयहरूले नेपालमा सहजै आउन पाउने भएका छन् । भारतीय गाडीमार्फत नेपाल आउने पर्यटकले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको प्रमाणित गर्ने कागजात देखाए सहजै नेपाल प्रवेश गर्न दिइने भएको हो ।
नेपाल आउन ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने प्रावधान हटाएर नयाँ व्यवस्था लागू गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारी सम्मिलित बैठकले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएका भारतीयलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।
यस्तो निर्णयपछि भारतीयलाई नेपाल आउन सहज भएको र नेपालगन्ज नाकामा भारतीय गाडीको लाइन पनि कम भएको भन्सार कार्यालय नेपालगन्जले जनाएको छ ।
मकालु खबर
२०७८ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित