भारतमा दशैँको मुखैमा कोरोना सङ्क्रमण बढ्यो, एकै दिन २२ हजार सङ्क्रमित थपिए

काठमाडौँ । भारतमा दशैँको पहिलो दिनमै कोरोना सङ्क्रमण बढेको छ ।  भारतभर बितेको २४ घण्टामा २२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जबकि यसअघि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम थियो ।

यस्तै गत २४ घण्टाभित्र ३१८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । भने २४ हजार ६०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

 चाडबाडको समयमा बढेको कोरोना सङ्क्रमण दरका कारण चिन्ता थपिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  भारतमा पछिल्लो समय सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *