८०५ संक्रमित थपिँदा ८ जनाको मृत्यु
मकालु खबर
२०७८ असोज २१ गते
काठमाडौं । नेपालमा बिहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार २ सय ६४ पीसीआर परीक्षणका क्रममा ६ सय ६७ र ३ हजार ४ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ११ हजार २ सय जनाको मृत्यु छ ।
त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७३ हजार १ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् । हाल १५ हजार ९ सय ४२ सक्रिय संक्रमित आइसोलेसन र २ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७८ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित