ईपीएल क्रिकेटः पोखरालाई हराउँदै चितवन च्याम्पियन
मकालु खबर
२०७८ असोज २३ गते
काठमाडौँ । सबैभन्दा ठुलो पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।
फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो ।
११२ रनको लक्ष्य चितवनले १६ औँ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । चिवतनको जितमा भीम सार्कीले ६३ र दिलिप नाथले १८ रन बनाए । भीमले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । जितसँगै चितवनले ५० लाख रुपैयाँ हात पार्यो । पोखराले भने १५ लाखमा चित्त बुझायो ।
पहिले ब्याटिङ्ग गरेको पोखरा १८ औँ ओभरमा १११ रनमा अलआउट भएको थियो । पोखराका असेला गुणरत्नेले ३४ रिचर्ड लेभीले २६ र विनोद भण्डारीले २२ रन बनाए ।
चितनवका कमलसिंह ऐरीले चार तथा सिक्कुगे प्रशन्ना र सागर ढकालले दुई दुई विकेट लिएपछि पोखरा सामान्य योगफलमा समेटिएको थियो ।
मकालु खबर
२०७८ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित