चाडपर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्नेछ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले भने, ‘हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।’ अध्यक्ष नेपालले दसैँ, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बिचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *