बिनानिष्कर्ष सकियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । सत्तासाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । सोमबार (आज) बिहान बसेको बैठक बिनानिष्कर्ष सकिएको हो ।

आजको बैठकमा आगामी राष्ट्रिय सम्मेलनलाई कसरी चुस्त तरिकाले सम्पन्न गर्ने भन्नेबारे केही छलफल भए पनि निष्कर्षमा नपुगेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसबाहेक अन्य थुप्रै विषयहरूले बैठकमा प्रवेश पाएको प्रवक्ता महराले बताए ।

बैठकमा प्रवेश पाएको सबै विषयहरूमा भोलिको बैठकमा छलफल हुने उनको भनाइ छ । यसपछि बैठक पुनः भोलि बस्ने प्रवक्ता महराले बताए । मंगलबार बिहान ८ बजे बस्नेगरी आजको बैठक सकिएको हो ।

भोलिको बैठकमा आजको बैठकमा प्रवेश पाएको सबै विषयहरूसँगै राष्ट्रिय राजनीतिमा देखिएको समस्या, सरकारको समीक्षालगायतका विषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *