विवेकशील साझाका केन्द्रीय सदस्य महर्जनको कोभिडबाट निधन

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन भएको छ । कोभिड पोजेटिभ देखिएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका महर्जनको उपचारकै क्रममा निधन भएको हो ।

७ दिन अघि मात्र उनले आफू र श्रीमती सरितालाई कोभिड पोजेटिभ देखिएको भन्दै आफूहरूको सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन फेसबुकमा आग्रह गरेका थिए । उनी विवेकशील साझाको उद्यम तथा व्यवसाय विभागका प्रमुख तथा नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सका अध्यक्ष पनि थिए।

महर्जन गएको स्थानीय तहको चुनावमा ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । उनी ललितपुरको प्राचीन सम्पदा बस्ती पिलाछेँको पुनर्निर्माणका अगुवा थिए । महर्जनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *