महाकालीको बाढीले खतराको सतह नाघ्यो, शारदा ब्यारेजमा आवागमन बन्द

धनगढी । आइतबार रातिदेखि लगातार भइरहेको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ ।  मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको उनले बताए । शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको र तथ्याङ्क सङ्कलन तथा उद्धारको काम भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *