माओवादीले बनायो ३ आयोग र ज्येष्ठ कम्युनिष्ट मञ्च

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ३ वटा आयोग र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । मंगलबार (आज) बिहान सम्पन्न माओवादी स्थायी कमिटी बैठकले यसबारे छलफल गरेर निर्णय लिएको प्रवक्रा कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराले दिएको जानकारीअनुसार १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । यसैगरी २५÷२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगसमेत गठन गरिएको उनले जानकारी दिएका छन् ।

निर्वाचन आयोग नेता विष्णुपुकार श्रेष्ठको अध्यक्षमा गठन गरिएको छ । पेशलकुमार पोखरेलको अध्यक्षतामा लेखा आयोग गठन हुँदा टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको छ ।

यस्तै भूगोलभन्दा बाहिर काम गर्नेहरूको विशेष समिति पनि बनाइएको छ । यो १७५ सदस्यीय रहेको प्रवक्ता श्रेष्ठले बताए ।

राष्ट्रिय सम्मेलन कार्यतालिका हेरफेर

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको मिति हेरफेर गगरिएको हो ।

पार्टी सदस्यता नवीकरणको म्याद २५ कात्तिकसम्म थप गरिएको छ । टोल सम्मेलन २७ कात्तिक, वडा सम्मेलन ४ मंसिर, पालिकाको सम्मेलन ११ मंसिर र २५ मंसिरसम्म प्रदेश सम्मेलनको म्याद थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *