प्रतिनिधि सभा बैठक ११ गते मात्रै बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते मात्रै बस्ने भएको छ । यसअघि ९ गते बस्ने भनिएको बैठक २ दिन सारिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना निकाल्दै बैठक ११ गते बिहीबार दिउँसो २ बजे मात्रै बस्ने जानकारी दिएका हुन् ।

यसअघि असोज २५ गते बसेको थियो । गत भदौ २३ गतेबाट शुरू भएको सबै बैठकहरू प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *