सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै कार्तिक महिनादेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।

यसका लागि ग्राहकहरूले बैंकको एस्से बैंक प्ल्याटफर्म प्रयोग गरी घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

ग्राहकहरूले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरूको फाइदा लिन सक्ने बैंकले जनाएको छ । पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

अब ग्राहकले घरबाटै एस्से बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *