प्रधान मन्त्री बाढी/पहिरो प्रभावित सुदूरपश्चिम प्रस्थान, यस्तो छ भ्रमण तालिका 

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा बाढी-पहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिम प्रस्थान गरेका छन् । मन्त्री र पूर्व मन्त्रीहरूका साथ प्रधान मन्त्री देउवा बिहान ८ बजे सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि निस्किएका हुन् ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् । काठमाडौँबाट सुर्खेत हुँदै टोली पर्यटन मन्त्री आलेको गृह जिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । डोटी पूर्व मन्त्री बलायरको पनि गृह जिल्ला हो ।

डोटीमा बाढी पहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडीको ढुंगाड जाने बताइएको छ । त्यहाँबाट प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृह जिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढी पहिरो र डुबानले पुर्‍याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्य तालिका छ । कैलाली काँग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ । प्रधानमन्त्री देउवा शुक्रबार सङ्घीय राजधानी काठमाडौँ फर्किने छन् ।

यस्तो छ भ्रमण तालिका  :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *