विपद् प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न डा. कोइरालाको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेमौसमी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत, उद्धार र पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्  । बुधवार सामाजिक सञ्जालमार्फत नेता डा कोइरालाले वर्षाबाट प्रभावितलाई यथाशीघ्र राहत, उद्धार र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘विगत ३ दिन देखि परेको बेमौसमी अविरल वर्षाले देशमा धनजनको ठुलो क्षति हुन पुगेको छ । खास गरी किसानहरूले पाकेको धान भित्र्याउन नसकेर ठुलो क्षति व्यहोरेका छन् । सरकारले अति वर्षाबाट प्रभावित परिवारको राहत, उद्धार र पुनर्स्थापनामा यथाशीघ्र काम गरोस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।’

आइतबारदेखि  आएको अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ ।  देशभर बाढी, पहिरो र डुबानमा परी हालसम्म ८८ जनाको मृत्यु भएको छ । यस्तै ३० जना अझै बेपत्ता रहेका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *