सानिमा बैंक अब काठमाडौँको चपली र भक्तपुरको बालकोटमा
मकालु खबर
२०७८ कार्तिक ४ गते
काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौँको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका हुन् ।
यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका हुन् । सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
मकालु खबर
२०७८ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित