एमाले स्थायी कमिटी बैठक शुरू
मकालु खबर
२०७८ कार्तिक ५ गते
काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । बिहीबार शुरू भएको बैठकको आज दोस्रो दिन हो । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको बैठकमा एमालेको १०औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
हिजो बसेको बैठकले दशौं महाधिवेशन मंसिर १० र १२ गते चितवनमा गर्ने टुङ्गो लगाएको थियो भने महाधिवेशन मूल व्यवस्थापन समितिसमेत रामबहादुर थापाको नेतृत्वमा गठन गरेको थियो ।
मकालु खबर
२०७८ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित