एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच सम्झौता

काठमाडौँ । नेकपा (एमाले) ले तुलसीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरेको छ । थापालथलीस्थित केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने भएसँगै एमालेले यो सम्झौता गरेको हो ।

थापाथलीमा रहेको कार्यालय सानो भएको कारण एमालेका सबैजसो बैठकहरू तुलसीलालमै हुँदै आएका छन् । एमाले महासचिव ईश्वर पोखरेलकाअनुसार अब एमालेले केन्द्रीय कार्यालबाट गर्ने सबै काम त्यहीबाट हुनेछ ।

उनकाअनुसार केन्द्रीय कार्यालयबाट प्रवाह गर्नुपर्ने सेवासँगै सबै काम कारबाहीहरू प्रतिष्ठानबाटै हुनेछ । ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानकाबीच आज महत्त्वपूर्ण समझदारी भयो,’ महासचिव पोखरेलले फेसबूकमा लेखेका छन्, ‘अब केही समयपछिदेखि नेकपा (एमाले) ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *