पीएसजी र मार्सेको बराबरी
मकालु खबर
२०७८ कार्तिक ८ गते
काठमाडाैँ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्से बराबरी खेलेका छन् । गएराति भएको खेलमा पीएसजी र मार्सेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । २०औं मिनेटमा एर्काडिअस मिलिकले गोल गरेपनि उनको गोलले पनि भिएआरबाट मान्यता पाएन ।
५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड दिएको थिए ।
यो बराबरीसँगै पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा छ । मार्से १८अंक जोडेर चौथो स्थानमा रहेको छ ।
मकालु खबर
२०७८ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित